इटालीमा डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु « Khabarhub

इटालीमा डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ।

दुर्घटनामा परेका ८० जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेका ३० जना अझै हराइरहेका छन्।

दुर्घटनामा बाँचेकाहरूले १ सय ५० जनाभन्दा धेरै सवार रहेको बताइए पनि उद्धारकर्ताले भने दुई सय भन्दा धेरै रहेका बताएका छन्।

अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिका डुङ्गामा थिए। पछिल्लो समय बढ्दो अशान्ति र द्वन्द्वका कारण उनीहरु देश छोडेर हिँडेका समाचार संस्था एएफपीले जनाएको छ।

मौसममा आएको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ४९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति