लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे « Khabarhub

लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो ।

बेसीशहर नगरपालिका  ६ र ८ मा बंगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

दुवै वडाका चारवटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यावसायिक रुपमा पालिएका बंगुर स्वाईन फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ ।

संक्रमण फैलिन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरु अपनाउने तथा बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र बंगुरहरु मरेमा राम्रोसँग खाडलमा गाड्न समेत पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

बेसीशहर ८ स्थित पालिएका बंगुरहरु मर्न थालेपछि परीक्षणका लागि नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले वताए ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावना अत्यधिक रहने पशु कार्यालय प्रमुख डा. श्रेष्ठको भनाई छ ।

बगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने हुँदा यस्ता लक्षण देखिएमा सम्बन्धी स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ५९ बजे

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम्

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि