मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन « Khabarhub

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ । विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् । भारत सरकारको अनुदानमा निर्मित तीन तलाको कलेज भवनमा ३० कोठा रहेका छन् ।  

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस्तो सहयोग दुई देशबीचको आपसी सम्बन्ध र समझदारीको प्रतिविम्ब भएको बताए। उनले नेपालका स्थानीय समुदायको सहयोगका लागि भारतका धेरै विकास परियोजना रहेको बताउँदै थप सहयोग निरन्तरताको अपेक्षा गरे।

यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा भारत सरकारकोतर्फबाट सहयोगका धेरै परियोजना रहेको जानकारी गराउँदै जनस्तरको सहयोग आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । उनले बर्सेनि उच्च शिक्षाका लागि भारत अध्ययनमा जाने नेपाली विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएकोसमेत जानकारी गराए। 

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी, जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकी र मदन भण्डारी कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले भवन निर्माणमा भारतले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १ : ११ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले