साउदीमा करिब १७ हजार अवैध आप्रवासी पक्राउ  | Khabarhub Khabarhub

साउदीमा करिब १७ हजार अवैध आप्रवासी पक्राउ 



दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप करिब १७ हजार आप्रवासी पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ६४९ जना पक्राउ परेका छन् ।

साउदीको गृह मन्त्रालयका अनुसार १६ देखि २२ मार्चसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ९ हजार २ सय ५९, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ८ सय ९९ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ४ सय ९१ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा १ हजार १३२ व्यक्तिहरू पक्राउ परेका थिए, ४५ प्रतिशत यमनी, ५२ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ६८ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १८ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुर्‍याएर देश निकाला गरिने जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने,कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धड्पकड अभियान तीव्र पारेसँगै गैर कानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ५२ बजे

इजराइल आक्रमणपछि इरानले गर्‍यो आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्इ– रानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव

आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै

म्याग्दी– रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा