सकिने छैन ‘ह्वाइट पेपर’ विद्रोहको असर | Khabarhub Khabarhub

सकिने छैन ‘ह्वाइट पेपर’ विद्रोहको असर


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २७ नोभेम्बरका दिन चिनियाँ अपार्टमेन्टमा आगलागी भएको समाचार भुसको आगो झैँ सल्किएको थियो । जिरो कोभिड नीतिसँगै चीन सरकारले अपनाएको कडाइ मापदण्डको कारण सर्वत्र विरोध थियो । त्यसै दिनदेखि सामाजिक सञ्जालमा पनि सरकार विरोधी गतिविधि र आवाजहरूले प्रश्रय पाउन थाले। हाल चीनविरुद्धको प्रदर्शन र सामाजिक सञ्जालमा ‘ह्वाइट पेपर’ प्रोटेस्ट थाइल्यान्डबाट श्रीलङ्का पुगेको छ ।

एसियामा अहिले संसारका अन्य क्षेत्रमा भन्दा सडकमा विरोध प्रदर्शन धेरै भएको छ । त्यत्ति मात्र होइन सामाजिक सञ्जालमा पनि विद्रोह बढ्दो छ । यी धेरै विद्रोह र एसियाली प्रायद्वीपको असन्तुष्टि चीनको बढ्दो मानव अधिकारविरोधी गतिविधिमा केन्द्रित छ । यसमा धेरै एसियाली आजित छन् ।

अहिले यो विरोध प्रदर्शन बढ्नुमा सबैभन्दा धेरै प्रविधिको भूमिका रहेकोमा कुनै शंका छैन । सामाजिक सञ्जाल र प्रविधिका कारण बढेको जनविद्रोह घट्दै जाने कुनै सम्भावना छैन ।

सन् २०१७ यता कार्नेजीक इन्टोडाउन फर इन्टरनेसनल पिसले तयार पारेको डाटाका अनुसार सन् २०२२ मा सरकार विरोधी प्रदर्शन सबैभन्दा माथिल्लो उचाइमा पुगेको छ । मात्रात्मक रूपमा बढी भए पनि प्रदर्शनकारीले सफलता भने गत वर्ष सबै भन्दा कम प्राप्त गरे। विरोध प्रदर्शनबाट थोरै प्रतिशत मात्र नेतृत्व र सरकारमा परिवर्तन ल्याउन सफल देखियो ।

यसै विषयको डाटा तथा तथ्याङ्कलाई हार्वर्ड विश्वविद्यालय प्रतिष्ठानले अझ सूक्ष्म अध्ययन गरेको छ । यसले सन् १९९० यता नागरिक विद्रोह र प्रदर्शनलाई ट्रयाक गरी रहेको छ । सरकार ढाल्ने ढङ्गको हिंसा विना भएको विरोध प्रदर्शन तथा सैन्य सत्ता विरुद्धको प्रदर्शन  र अभियान दुई दशक यता असाध्यै बढेको छ । तथापि यिनीहरू आफ्नो लक्ष्यमा कमै सफल भएका छन् ।

सामाजिक सञ्जाल तथा विभिन्न एपहरूको विकाससँगै यो किन बढी रहेको छ भन्ने विषय एउटा अध्ययनकै विषय पनि हो ।

अहिले चीनमा फेक आइडी बनाएर गलत सूचना सम्प्रेषण गर्ने तथा प्रदर्शनकारीकै माझमा अन्योल सृजना गर्ने क्रम बढेको छ । सत्ताले प्रयोग गर्न सक्ने नयाँ हथकण्डा मध्ये यो फेक अकाउन्ट बनाउने शैलीले धेरै सफलता पाएको छ ।

विज्ञहरूका अनुसार विगतका विद्रोहको आवाज उठाउनेहरू समुदायको माध्यमबाट भेला हुने गरेका थिए । उनीहरू एक आपसको विचार राख्ने काम गर्थे । यसरी सङ्गठित हुने काम अत्यन्त कठिन पनि हो । तर, यो विद्रोहमा एउटा फरक शक्ति थियो । सत्ताले विद्रोहमा सरिक हुनेलाई ट्र्याक गर्ने सम्भावना पनि कमै थियो ।

जोन हप्किन्स विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्र र विरोध प्रदर्शनमा विशेषज्ञता हासिल गरिरहेका प्राध्यापक हो जङ फङले यसमा दुई पक्षीय तरबारको धार भएको बताएका छन् ।

‘कुनै पनि आफ्नो व्यक्तिगत गुनासोमा मात्र अलमलिन सक्दैन । यथार्थमा समुदायका अन्य व्यक्तिको समस्या तथा भावनात्मक विषयले पनि प्रत्येक व्यक्तिलाई प्रभाव पार्न थाल्यो । तर उनीहरू सङ्गठित हुने सवालमा सामाजिक सञ्जालमा मात्र केन्द्रित रहे यसले सत्तालाई पनि सहज बनाउँछ  । त्यस विद्रोह दमन गर्न सत्तालाई पनि सजिलो हुन्छ’ फङले भनेका छन्।

हवार्डमा अध्यापन गराइरहेकी प्राध्यापक एरिका चमनवेथ पनि सरकार पछिल्लो समय डिजिटल प्रविधिमा केन्द्रित भएको बताउँछिन् । सन् २०२१ मा म्यानमारमा सैनिक सत्ता स्थापना भए पछि सरकारले एक आपसमा समन्वय रोक्नका लागि इन्टरनेट नै बन्द गराएको थियो ।

हङकङ र चीनमा सरकारले प्रदर्शनकारीलाई निगरानीमा राख्न इन्टरनेट मात्र होइन मोबाइल म्यासेज हुने सबै एपलाई ट्रयाक गर्ने गरेको छ । अहिले चीनमा फेक आइडी बनाएर गलत सूचना सम्प्रेषण गर्ने तथा प्रदर्शनकारीकै माझमा अन्योल सृजना गर्ने क्रम बढेको छ । सत्ताले प्रयोग गर्न सक्ने नयाँ हथकण्डा मध्ये यो फेक अकाउन्ट बनाउने शैलीले धेरै सफलता पाएको छ । यो शैली गलत अफवाह फैलाउन सहज हुने स्थानमा लक्षित गरिन थालिएको छ ।

‘विदेशी हस्तक्षेप’को संज्ञा दिँदै विद्रोहको विरुद्धमा मानिसलाई भड्काउने प्रचलन संसारका अन्य देशमा छ । चीनमा राज्य संरक्षित ब्लगरहरु यसका लागि प्रयोग हुने गरेका छन् । एसियाली क्षेत्र र तेस्रो विश्वमा यो शैली प्रभावकारी भए पनि विकसित देशको हकमा विद्रोहलाई निर्मूल पार्न डिजिटल ट्र्याक नै सबै भन्दा उपयुक्त विधि बनेको छ ।

‘हवाइट पेपर ’ विद्रोहकै कारण चीनमा अन्य विद्रोहहरू सफल भएका हुन् । अन्य विद्रोहको पनि आँट आएको हो ।

धेरै एसियाली देश, जस्तै: प्रजातान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको स्थान तथा देशहरूमा अन्तर्राष्ट्रिय निकायको विरोधका बाबजुद हरेक किसिमको शैली अपनाउन सक्ने छन् । ‘एक पक्षीय अधिनायकवादी सत्ता हुनेहरू एक जुट हुन्छन् । जब अन्तर्राष्ट्रिय निकायले उनीहरू माथि प्रतिबन्ध लगाउने तथा विरोधका केही काम गर्ने शैली अपनाउँछन्, त्यो समयमा त्यहाँका सत्ताले एकले अर्कोलाई सहयोग गर्ने गर्छन् ,’ प्राध्यापक हङले भने ।

तर अब विद्रोह गर्न चाहनेले केही फरक सोच्नु पर्ने समय आएको छ । टोरन्टो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक डायना फुकै विचारमा अधिनायकवादी सत्ता भएको स्थानमा सडकमा मानिस जम्मा हुनु नै सफलता ठानिने गरिएको छ ।

‘ह्वाइट पेपर ’ विद्रोहमार्फत भने चीनमा पहिलो पटक सरकारको विरुद्धमा ‘नो’ भन्ने आवाज उठाइएको छ । फुकै अनुसार चीनमा २७ नोभेम्बर यताको विरोध प्रदर्शन एउटा टर्निङ प्वाइन्ट पनि हुन सक्ने छ । सत्तालाई कोभिड समयकै प्रोटोकल अपनाउन प्रेरित पनि गर्न सक्नेछ ।

यस कारण पनि केही चिनियाँ प्रदर्शनकारी दमनका बाबजुद आफूहरू सफल भएको महसुस गर्न थालेका छन् । ‘अहिलेको चीनमा यसरी विद्रोह बढ्नु चानचुने कुरा होइन’ त्यहाँको एक अभियन्ताले भने ‘यस विरोधका आवाजले सबैलाई आफू एक्लो नभएको तथा धेरे जना एउटै पथमा रहेको अनुभव गराएको छ ।’

ती अभियन्ताका अनुसार ‘हवाइट पेपर ’ विद्रोहकै कारण चीनमा अन्य विद्रोहहरू सफल भएका हुन् । अन्य विद्रोहको पनि आँट आएको हो । त्यो त विद्रोहको सफलताको मापन तत्कालीन समयमा भएको परिवर्तन मात्र नभएर त्यसले ल्याउने दीर्घकालीन असर पनि हो । प्रदर्शनकारी एक पटक असफल भए पनि भविष्यमा एकजुट हुने तथा विरोध प्रदर्शन हुने सम्भावना भने बारम्बार रहन्छ । उनीहरूले जनताको शक्तिले परिवर्तन ल्याउन सक्छ भन्ने कुरा महसुस गर्न सक्छन् ।

सायद यो विद्रोह इतिहासले सधैँ सम्झने विद्रोह बन्नेछ ।

‘जब सङ्गीत सिक्नेहरूले एक पटक जम्मा भएर बजाउन थाल्छन् । उनीहरू अर्को पटक पनि जम्मा भएर त्यसै ढङ्गले बजाउन सक्छन् ’क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जेफ वेजरस्टोर्मले भने । थुप्रै प्रदर्शन र विद्रोह तत्कालका लागि असफल भए पनि यसले अन्य क्षेत्रमा उत्प्रेरित गरेको छ । एक स्थानको शैलीलाई अन्य स्थानका प्रदर्शनकारीले पनि अनुसरण गर्ने गरेको पाइएको छ ।

हातको इशारा तथा अश्रुग्याँसको असर कम गर्न छाता र ट्राफिक कोन प्रयोग गर्ने शैली सन् २०१९ मा पहिलो पटक हङकङमा देखिएको थियो । यो शैली बिस्तारै थाइल्यान्ड र श्रीलङ्कासम्म पुगेको छ । यसले देखाएको छ की सत्तासीनहरू एकत्रित भए जस्तै पछिल्लो समय भिन्न क्षेत्रका प्रदर्शनकारीको बिचमा भावनात्मक एकताको विकास पनि हुन थालेको छ ।

चीनमा बढेको ‘ह्वाइट पेपर’ विद्रोह पछि चीन बाहिर रहेका राष्ट्रपति सी जी पिङ विरुद्ध लहर नै चलेको छ । यस कारण पनि ‘ह्वाइट पेपर’ विद्रोहको असर कहिल्यै पनि नसकिने सहभागीहरूको जिकिर छ । सायद यो विद्रोह इतिहासले सधैँ सम्झने विद्रोह बन्नेछ ।

श्रोत : बीबीसी
तस्बिर : गेट्टी इमेज

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ५८ बजे

मादीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको

संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध

सुडान विगत वर्षदेखि नै गरिबी र दुःखको पर्याय देशको रूपमा

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा

हुम्लाको सर्केगाडमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्ला– हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६

दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला भारतलाई, कीर्तिमानको ओइरो 

काठमाडौं–  सञ्जु सामसन र तिलक बर्मा दुवैले शतक प्रहार गरे पछि भारतले