सलमानलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ « Khabarhub

सलमानलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् ।

मुम्बर्ई प्रहरीको एक अपरेशनमाफर्त अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो ।

मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिँदै छ ।

सलमान खानलाई केही दिन अघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो,‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एक साता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फ्यानहरुलाई नभेट्न पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : २३ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ