मनोरञ्जन

सलमानलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ

By खबरहब

March 27, 2023

मुम्बई – बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् ।

मुम्बर्ई प्रहरीको एक अपरेशनमाफर्त अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो ।

मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिँदै छ ।

सलमान खानलाई केही दिन अघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो,‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एक साता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फ्यानहरुलाई नभेट्न पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।