मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन्।

मोटरसाइकलको ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ११ : ०९ बजे

आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन : अर्थ मन्त्रालय

काठमाडौँ – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक

नागरिकता विधेयकमा सर्वोच्चको आदेशप्रति लोसपाको असन्तुष्टि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन

यात्रीले फालेको फोहरका कारण विपी राजमार्ग दुर्गन्धित

बनेपा – राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको

मेचीनगरमा बढ्यो बाँदर आतङ्क

झापा – जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान

काठमाडौँ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को