बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी « Khabarhub

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए । “पूर्वतिर जस्तो समस्या देखिएको छैन”, उनले भने ।

प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए । मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि यस विषयमा छानविन सुरु गरिएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : २३ बजे

इलामको रोङ गाउँपालिकाको पाथीभरामा सय दिनको आम्दानी ६६ लाखभन्दा बढी

मङ्गलबारे – पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी

शब्द, संगीत र स्वरले दर्शकको मन जित्नुपर्छ

सचिन रौनियार करिब तीन दशकदेखि सङ्गीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ। दशभन्दा

सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे

मुम्बई – चलचित्र आदिपुरुषको ट्रेलर हालै सार्वजनिक भएको छ। फिल्मको

सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान

वालिङ – स्याङ्जाको पुतलीबजार-१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल