फाइल फोटो

राजनीति

अझै पक्राउ परेनन् सांसद महतो 

By खबरहब

March 27, 2023

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी हालसम्म फरार छन् ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।

सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका सांसद कोइरी निर्वाचित भएपछि प्रहरीको आँखा छल्दै  दुई पटक संसद भवन छिरेका थिए ।

दुई-दुईपटक संसदमा जाँदा पनि पक्राउ गर्न नसकेको भन्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेको चौतर्फी विरोध भएको थियो। त्यसपछि गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई महिना नाघिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

नेकपा एमालेबाट निर्वाचित स‍ांसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ।