भृकुटीमण्डपमा फ्लोरा एक्स्पो आयोजना हुने « Khabarhub

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो आयोजना हुने


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ फ्लोरा एक्स्पो काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र बिस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २४ औँ फ्लोरा एक्स्पो गर्न लागिएको बताए । उनले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रूपमा पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताए ।

उनले एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताए । उनले मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलङ्कारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो बीउ बिजन लगायत बिक्री कक्षमा राखिने बताए ।

उनले प्रदर्शनीमा व्यवसायीहरूले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुरस्कारले समेत पुरस्कृत गर्ने बताए ।

त्यस्तै,एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए । उनले प्रदर्शनीमा सरकारको कुनै पनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताए । उनले प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरूलाई एक सय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए ।

साथै प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरू आयात गरेर ल्याउने गरेको तामाङले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : ५१ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित