३० वर्षपछि प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा चिडियाखाना अवलोकन | Khabarhub Khabarhub

३० वर्षपछि प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा चिडियाखाना अवलोकन


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् ।

आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखानामा करिब एक घण्टा बिताएका थिए प्रधानमन्त्रीले जीव जनावरसँगै बाघ र हात्तीलाई बढी चासोका साथ हेरेको चिडियाखानाको व्यवस्थापन प्रमुख रचना शाहले जानकारी दिइन् ।

तीस वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रियासमेत दिए ।

अवलोकनका क्रममा उनले हात्तीलाई खानासमेत खुवाएका थिए । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि सात सय ५० रुपैयाँ, सार्क देशका लागि पाँच सय रुपैयाँ, नेपालीलाई एक सय ५० रुपैयाँ र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ०५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ