मिर्गौला पीडितलाई मासिक पाँच हजार रुपैयाँ माग « Khabarhub

मिर्गौला पीडितलाई मासिक पाँच हजार रुपैयाँ माग


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिक रूपमा पाँच हजार रुपैयाँ दिने व्यवस्था सबै स्थानीय तहमा कार्यान्वयनको माग गरिएको छ ।

मिर्गौला पीडित सरोकार समाजले माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा समाजका अध्यक्ष बलराम सुवेदीले सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको पीडितलाई सहयोग गर्ने विषय सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयनमा नआएकाले धर्नामा बस्नुपरेको जानकारी दिए । यो व्यवस्था हालसम्म करिब दुई सय स्थानीय तहले मात्र कार्यान्वयनमा ल्यएको पनि उनले सुनाए ।

यो बजेट पीडितलाई चालु आर्थिक वर्षमा नदिए फ्रिज हुन्छ । सरकारले चालु आर्थिक वर्षमा मिर्गौला पीडितलाई दिन एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यो बजेट सबै पीडितलाई सबै स्थानीय तहबाट तत्काल दिन सुरु गरिनुपर्ने समाजको माग छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ५० बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित