अल कायदाका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन प्रतिबन्धित « Khabarhub

अल कायदाका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन प्रतिबन्धित


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमडौँ- फ्रान्सेली टेलिभिजन च्यानलले अल कायदा इन द इस्लामिक मागरेब (एक्यूआईएम) का नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोको सरकारले फ्रान्सेली टेलिभिजनमाथि प्रतिबन्ध लगाएको छ ।

एक्युआईएमका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किनाबे सरकारले फ्रान्स २४ को प्रसारणमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारका प्रवक्ता जिन इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको दाबी गरेका छन् । उनले फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना फासोमा अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने जानकारी दिएका छन् ।

फ्रान्स २४ ले आतङ्कवादीहरूको लागि संचार एजेन्सीका रूपमा काम गरेको मात्र नभई आतङ्कवादी कार्यहरू र घणा फैलाउन भाषणहरूलाई वैधानिकता दिने ठाउँ समेत प्रदान गरेको बुर्किनाबे सरकारले जनाएको छ ।

गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : १७ बजे

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन्

सोबिताले गरिन् मतदान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा