मोरङमा महिलाको शंकास्पद मृत्यु, पति प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

मोरङमा महिलाको शंकास्पद मृत्यु, पति प्रहरीको नियन्त्रणमा


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको पथरी शनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन् ।

शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११ः४० बजेतिर मृत फेला परेकी हुन् । घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले बलबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो ।

घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर हत्या गरेजस्तो देखिएपछि घटनालाई शंकास्पद मानेर मृतकका पतिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रहरीका अनुसार शारदा बलबहादुरकी कान्छी पत्नी हुन् । उनीहरूका सन्तान नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ४८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास