विद्यालयमा राजनीतिक गतिविधि भए प्रअलाई कारबाही  « Khabarhub

विद्यालयमा राजनीतिक गतिविधि भए प्रअलाई कारबाही 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम आयोजना गर्न दिने प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले मातहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको हो ।

‘कुनै पनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरद्वारा जारी निर्देशनमा भनिएको छ,  ‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्यहोरासमेत जानकारी गराइन्छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ०० बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली