आन्ध्र प्रदेशमा बन्यो समान्थाको मन्दिर « Khabarhub

आन्ध्र प्रदेशमा बन्यो समान्थाको मन्दिर


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ अभिनेत्री नयनतारा पछि अब आन्ध्र प्रदेशमा एक फ्यानले अर्की अभिनेत्री समान्था रुथ प्रभुको मन्दिर बनाएका छन् ।

साउथ फिल्ममा कुनै पनि फ्यानले आफ्नो मन पर्ने कलाकारको मन्दिर निर्माण गर्ने पुरानै परम्परा हो । नयनतारा, हंसिका मोटवानी र नमितापछि अब भने समान्थाको मन्दिर बनेको हो ।

सामन्था ‘द फेमिली मेन २’ र ‘पुष्पा’का कारण लोकप्रिय छिन् । उनको आन्ध्र प्रदेशको बापाटलास्थित अल्लपाडु गाउँमा एक मन्दिर बनेको छ । समान्थाका फ्यान तेनाली सन्दिपले मन्दिर बनाएका हुन् । मन्दिर २८ अप्रिलमा खुल्ने छ ।

रोचक कुरा के छ भने ती फ्यानले अहिलेसम्म समान्थालाई भेट्ने मौका पाएका छैनन् । तेनालीले आफू समान्थाको फिल्ममात्र नभई उनको च्यारिटी कामबाट पनि प्रभावित भएको बताएका छन् ।

समान्था प्रत्युषा फाउण्डेसनमार्फत सामाजिक काम गर्छिन् । उनको मन्दिर बनेको विषयमा समान्था र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ३ : ३२ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम