ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम « Khabarhub

ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

भैरहवा– निर्धन उत्थान तथा लघुवित्त वित्तिय संस्थाले पन्छी पालन गर्दै आएका ग्राहक सदस्यलाई व्यवसायीक तालिम प्रदान गरेको छ । 

संस्थाको भैरहवा शाखाअन्तर्गत सञ्चालित केन्द्र र समूहबाट छनोट गरी पन्छी पालन गरिरहेको ३० जना ग्राहकको स्तर उकास्दै व्यवसायीक बनाउनका लागि तीन दिने व्यवसायिक पन्छी पालन तथा पुनर्ताजगी तालिम दिइएको हो । 

निर्धन नक्साल काठमाडौंको आयोजना र संस्थाको संयोजनमा भएको तालिममा घरेलु तथा सामान्य रुपमा पालन गर्दै आएका सदस्यलाई मध्यम उद्यमी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको भैरहवा शाखा प्रमुख लेखनाथ काफ्लेले बताए । शाखा अन्तर्गत दुई हजार बढी सदस्य रहे पनि पन्छी पालन गरी व्यवसाय गर्दै आएका सदस्य मध्ये ३० जनालाई गुणस्तर वृद्धिका साथै व्यवसायीक निखार ल्याउन  तालिम प्रदान गरिएको काफ्लेको भनाइ छ ।

संस्थाले सोही अवसर पारेर नियमित रुपमा वार्षिक गर्दै आएको ग्राहक सदस्यका छोरा छोरी सम्मानअन्तर्गत यस शाखाबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल प्रीति विश्वकर्मा र आकाश चौधरीलाई समेत नगदसहित सम्मान गरेको छ । 

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ४ : ४४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको