नेपाल–इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी « Khabarhub

नेपाल–इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल- इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त पदमा राजवंशीलाई चयन गरेको हो।

उनी लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल हुन्।  

यसैगरी नेपाल- इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ।कार्यसमिति सदस्य किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद शिक्षा तथा सामाजिक प्रवर्द्धन समिति गठन भएको छ।

विषयगत चार समितिले नेपाल – इटलीबीच आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारका क्षेत्रमा काम गर्ने संघका अध्यक्ष अग्रवाल बताएका छन्।इटलीका लगानीकर्ता तथा पर्यटकलाई नेपालमा आमन्त्रण गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा सम्बन्ध विस्तार गरिने उनले बताए।

बैठकले इटलीका पर्यटन व्यवसायी तथा लगानीकर्तालाई नेपालको पर्यटकीय स्थल भ्रमण गराउने निर्णय गरेको छ।  बैठकले इटली – नेपालका अन्य बिभिन्न क्षेत्रका व्यवसायीबीच छलफल गराउने निर्णय सकेत गरेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ५ : १९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको