यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा « Khabarhub

यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको टोली सेमिफाइनलमा पुगेको छ । मधेश प्रदेशले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई पराजित गरेको थियो ।

लुम्बिनीले कर्णाली र सुदूरपश्चिमलाई पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अङ्कविहीन भयो ।

समूह ‘बि’ मा बागमती प्रदेश रन रेटका आधारमा समूह विजेता बन्दा समान अङ्क भएको कोशी प्रदेश रन रेटमा पछि पर्दै उपविजेता बनेको थियो । समान अङ्क नै रहेको गण्डकी भने रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिर पुगेको छ । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतीले गण्डकीलाई जित्दा कोशीसँग हार व्यहोरेको थियो । कोशी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतीसँग विजयी भएको थियो । आज स्थानीय फाप्ला क्रिकेट खेल मैदानमा भएको प्रतिस्पर्धामा जित हात पार्दै लुम्बिनी र मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

आजको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशमाथि ९० रनको जित हासिल ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २९ दशमलव दुई ओभरमा सबै विकेट क्षतिमा एक सय ७९ रन बनायो । लुम्बिनीका लागि प्रतीक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए ।

कर्णालीका लागि लक्की बमले चार विकेट लिँदा दीप पौडेल र विपीन शर्माले दुई÷दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल विष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले चार विकेट र सागर गैरेले दुई विकेट लिए ।

आजै भएको अर्को खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई एक रनले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको मधेसले २७ दशमलव पाँच ओभरमा सबै विकेट क्षतिमा १०० रन बनायो । मधेसका लागि अलि अकबर अन्सारीले ३८ रन र चन्दन रामले अविजित २२ रन बनाए । सुदूरपश्चिमका लागि डम्मर माझीले चार विकेट र सचिन मल्ल तथा अशोक धामीले दुई/दुई विकेट लिए ।

विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको सुदूरपश्चिम २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमै समेटिन पुग्यो । सुदूरपश्चिमका लागि मेटिक थापाले २५ र आशिष महरले २० रन बनाए । मधेशका लागि पप्पु यादवले चार तथा सोहन शाहले दुई विकेट लिए । प्रतियोगिताअन्तर्गत यही वैशाख १६ गते पहिलो सेमिफाइनल मधेस र कोसी प्रदेशका बीच तथा दोस्रो सेमिफाइनल बागमती र लुम्बिनी प्रदेशका बीच हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : २२ बजे

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४