यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा | Khabarhub Khabarhub

यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको टोली सेमिफाइनलमा पुगेको छ । मधेश प्रदेशले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई पराजित गरेको थियो ।

लुम्बिनीले कर्णाली र सुदूरपश्चिमलाई पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अङ्कविहीन भयो ।

समूह ‘बि’ मा बागमती प्रदेश रन रेटका आधारमा समूह विजेता बन्दा समान अङ्क भएको कोशी प्रदेश रन रेटमा पछि पर्दै उपविजेता बनेको थियो । समान अङ्क नै रहेको गण्डकी भने रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिर पुगेको छ । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतीले गण्डकीलाई जित्दा कोशीसँग हार व्यहोरेको थियो । कोशी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतीसँग विजयी भएको थियो । आज स्थानीय फाप्ला क्रिकेट खेल मैदानमा भएको प्रतिस्पर्धामा जित हात पार्दै लुम्बिनी र मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

आजको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशमाथि ९० रनको जित हासिल ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २९ दशमलव दुई ओभरमा सबै विकेट क्षतिमा एक सय ७९ रन बनायो । लुम्बिनीका लागि प्रतीक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए ।

कर्णालीका लागि लक्की बमले चार विकेट लिँदा दीप पौडेल र विपीन शर्माले दुई÷दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल विष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले चार विकेट र सागर गैरेले दुई विकेट लिए ।

आजै भएको अर्को खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई एक रनले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको मधेसले २७ दशमलव पाँच ओभरमा सबै विकेट क्षतिमा १०० रन बनायो । मधेसका लागि अलि अकबर अन्सारीले ३८ रन र चन्दन रामले अविजित २२ रन बनाए । सुदूरपश्चिमका लागि डम्मर माझीले चार विकेट र सचिन मल्ल तथा अशोक धामीले दुई/दुई विकेट लिए ।

विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको सुदूरपश्चिम २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमै समेटिन पुग्यो । सुदूरपश्चिमका लागि मेटिक थापाले २५ र आशिष महरले २० रन बनाए । मधेशका लागि पप्पु यादवले चार तथा सोहन शाहले दुई विकेट लिए । प्रतियोगिताअन्तर्गत यही वैशाख १६ गते पहिलो सेमिफाइनल मधेस र कोसी प्रदेशका बीच तथा दोस्रो सेमिफाइनल बागमती र लुम्बिनी प्रदेशका बीच हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : २२ बजे

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

एजेन्सी– प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा

झलनाथको सर्पपालनः मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा

बजेट पुस्तिका सार्वजनिक भएपछि सुदूरपश्चिममा खैलाबैला

सुदूरपश्चिम– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको

नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने

काठमाडौं– नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ

६० केजी सुन तस्करी प्रकरणः दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार

काठमाडौं– हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम सुन