गौ हत्या गर्नेलाई गाउँपालिकाको सेवा निषेध « Khabarhub

गौ हत्या गर्नेलाई गाउँपालिकाको सेवा निषेध


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खजुरा – बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ।

गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताए।

अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ। गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ।

गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ। नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : २५ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्