आज २०८३ साल कात्तिक २७ गते शुक्रबार राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २७ गते शुक्रबार राशिफल


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २७ गते शुक्रबार सन् २०२६ नोभेम्बर १३ तारिख। कार्तिक शुक्ल पक्षको चतुर्थी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज रहेको छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ ।

वृष : दिन सामान्य छ । जोगिएर  यात्रा गर्नु उपयुक्त हुनेछ । अचानक सञ्चित धन खर्च हुनेछ । साथीबाट धोका हुनसक्छ । स्वास्थ्यले भने साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ ।

मिथुन : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ । वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ । राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ । परिवारमा घुमघामको तय हुनेछ ।

कर्कट : मनमा अशान्ति बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ ।

सिंह : दिन राम्रो छ । बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ । रोगको प्रकोप बढ्न सक्छ । परिवारको साथ मिल्नेछ । संकटमा साथीको साथ मिल्ने योग छ ।

कन्या : दिन सामान्य छ । बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ । सामान्य खानेकुरामा चित्त बुझाउनुपर्ने दिन छ । अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ ।

तुला : दिन राम्रो छ । साथीभाइ दाहिना रहनेछन् । संगठनको बलमा राम्रा काम हुनेछन् । स्वास्थ्यले समेत राम्रो साथ दिनेछ । घुम्ने अवसर मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ । लगानी गर्दा फाइदा हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ । परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ ।

धनु : बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ । आफ्ना कुरा अरुसँग साट्नु राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्ने छ । राजनीतिक संगठनबाट फाइदा हुने दिन छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ । एकल निर्णय गर्दा घाटा हुनेछ । परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ ।

कुम्भ : दिन राम्रो छ । आफूले सोचेका काम सहजै सञ्चालन हुनेछन् । विशेष कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : सोचेका काम बन्नेछन् । धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ । लगानीको क्षेत्रबाट नाफा हुने योग छ । धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ५ : ४६ बजे

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी– दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु

आज २०८३ साल कात्तिक २७ गते शुक्रबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २७ गते शुक्रबार सन् २०२६

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, गुमाए छ आफन्त

हेटौँडा – अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

तनहुँमा जिप सडकबाट ५० मिटर तल खस्दा ६ जना घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार अपराह्न बलेरो जिप

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री चौधरीको आग्रह

अन्ताल्या (टर्क) – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक