प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बोलाइयो « Khabarhub

प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बोलाइयो


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबार बस्न नसकेको संघीय संसद् प्रतिनिधिसभाको बैठक शनिबारका लागि बोलाइएको छ।

शुक्रबारको पहिलो बैठक सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगन गरेका थिए। सो समयमा बैठक बस्न नसकेपछि सुचना निकालेर दिउँसो ३ बजे बस्ने भनिएको थियो। त्यसबेलासम्म पनि सहमति नजुटेपछि पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो।

तर सहमति हुन सकेन र बैठक शनिबारलाई सारियो । आज अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरको गजुरमा सुन भनेर पितलको जलहरी लगाएको आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेराउसहित विरोध गरेका थिए।

सभामुख घिमिरेले पटकपटक उनीहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्मसंसद्‌ अवरोध कायम रहने एमालेको अडान छ।

 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : ३७ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको