एमालेको अवरोधले नीति कार्यक्रममाथिको छलफल प्रभावित   « Khabarhub

एमालेको अवरोधले नीति कार्यक्रममाथिको छलफल प्रभावित  


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपतिनाथको जलहरीलाई लिएर सत्तारुढ माओवादी केन्द्रका एक सांसदले प्रश्न उठाएपछि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको छ । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेको बेला एमालेको अवरोधका कारण शुक्रबार बैठक नै बस्न सकेन ।

शुक्रबारको बैठकमा नीति कार्यक्रममाथि बोल्न बाँकी सांसदको धारणा सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो । शुक्रबार एमालेको अवरोधले चल्न नसकेको  बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।

पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर एमालेले छानबिनमा सघाउन छोडेर संसद् अवरोध गर्नु संसदीय मर्यादा विपरीत रहेको कतिपयको मत छ।

संसद् सचिवालयका अनुसार एमालेको अवरोध हटेमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूची रहनेछ।

प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ । राष्ट्रिय सभाबाट यसअघि नै पारित गरिसकिएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ३५ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको