एमालेको अवरोधले नीति कार्यक्रममाथिको छलफल प्रभावित   | Khabarhub Khabarhub

एमालेको अवरोधले नीति कार्यक्रममाथिको छलफल प्रभावित  


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपतिनाथको जलहरीलाई लिएर सत्तारुढ माओवादी केन्द्रका एक सांसदले प्रश्न उठाएपछि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको छ । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेको बेला एमालेको अवरोधका कारण शुक्रबार बैठक नै बस्न सकेन ।

शुक्रबारको बैठकमा नीति कार्यक्रममाथि बोल्न बाँकी सांसदको धारणा सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो । शुक्रबार एमालेको अवरोधले चल्न नसकेको  बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।

पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर एमालेले छानबिनमा सघाउन छोडेर संसद् अवरोध गर्नु संसदीय मर्यादा विपरीत रहेको कतिपयको मत छ।

संसद् सचिवालयका अनुसार एमालेको अवरोध हटेमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूची रहनेछ।

प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ । राष्ट्रिय सभाबाट यसअघि नै पारित गरिसकिएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ३५ बजे

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

एजेन्सी – थाइल्यान्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८

सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं- नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले