अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक जारी « Khabarhub

अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक जारी


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अवरुद्ध संसद् चलाउन गर्ने विषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलगायत दलका प्रमुख सचेतकहरुको सहभागिता रहेको छ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरीको उपस्थिती थियो । यसैगरी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी थिए।

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारको पालामा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको विषय उठाए पछि एमालेले सो विषयमा माफी न मागेसम्म सदन चल्न नदिने अडान राखिरहेको छ।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद् अवरुद्ध गरे पछि हिजो बैठक बस्न नै सकेन। पटक पटक सारिएको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ९ : ३७ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको