यो एक कुशल गीतकार, संगीतकार र गायकको चर्चा र विश्लेषण हो। गीतको कुरा गर्दा सङ्गीतको पक्ष धेरै दरिलो छ। संगीतको कुरा गर्दा गायकीको तुलना सङ्गीतसँग हुँदैन। उनको गीतको कुरा गरौँ भन्दा गजलमा त्यत्तिकै महत्त्वपूर्ण छ। गजल र गीतको कुरा गर्दा उनको महाकाव्यको कुरा आउँछ। कवि, गीतकार, सङ्गीतकार, गायकका रूपमा यी चर्चित व्यक्तित्व आज हामी चर्चा गर्ने छौँ। उनको वाद्यवादनको जीवनीबाट वि.सं. २०१३ सालमा रेडियो नेपाल स्थापना भएको करिब ६ वर्षपछि एक तबला वाधकका रूपमा उनी रेडियो नेपालमा प्रवेश गर्छन्। भारतीय तबला वाधकले काम गरिरहेका ठाउँमा उनलाई नियुक्त गरिन्छ। तर उनलाई त्यो बेलाको रेडियो नेपालले अघिल्लो तबला वाधकलाई भन्दा कम तलब दिन्छ। यो विषयमा रेडियो नेपालको तर्क के हुन्छ भने अर्को अघिल्लो तबला वाधक भारतीय मूलको भएकाले उनलाई भारुमा दिएको थियो। तपाईं नेपाली मूलको भएको कारण तपाईंलाई नेपाली रुपैयाँमा दिएको हो। उनको तलबको रकम कम भएपछि उनको अंक कम भएपछि उनले असहमति जनाउँदै रेडियो नेपाल छोड्छन्। रेडियो नेपाल छोडेर वीरगन्ज आफ्नो घर फर्किन्छन्। ती वाद्यवाधक हुन् भीम विराग।
जसलाई पछि हामी सङ्गीतकार, गीतकारको रूपमा, कविका रूपमा र गायकका रूपमा चिन्दै आएका छौँ। गायक, सङ्गीतकार, गीतकार भीम विरागको जीवनको सुरुवात हुन्छ। फुटबल खेलाडीको रूपमा फुटबल खेल्नेक्रममा टाउकोले बल हान्न खोज्दा बल गलत ठाउँमा लागेर उनको ढाड मर्किन्छ।
त्यो अवस्थामा नै उनी कुप्रो हुँदै जान्छन्। उनको सम्पूर्ण जीवन ढाड कुप्रो भएको कारण नै अशक्त भएर बिताउनुपर्ने हुन्छ। त्यसपछिको बाँकी जीवनमा उनले कहिल्यै सिधा उठेर आकाश हेर्न सक्दैनन्। गायिका सुशीला पाण्डेका अनुसार उनको निधन हुँदा उनलाई अस्पतालमा हेर्न जाँदा पार्थिक शरीरलाई नजिकबाट हेर्दा उनको शिर झुकेकै थियो। भीम विरागको अन्तिम चर्चा गायिका सुशीला पाण्डे तथा सुशीला मानन्धरको सम्झनामा पाइन्छ।
भीम विराग जब सङ्गीतका रूपमा नारायणी अञ्चलमा सक्रिय थिए। उनको साङ्गीतिक साहचर्यमा गायक मधु क्षेत्री, प्रकाश श्रेष्ठ, सुशीला मानन्धर सबै सक्रिय भएका थिए। सङ्गीतकार भीम विरागमा घनिष्ठ मित्र थिए। गायक नारायण गोपालका पिता आशा गोपाल गुरु आचार्यको हेटौंडामा जग्गा जमिन र सम्बन्धी भएको कारणले हेटौंडाको आवतजावत नारायण गोपालको पनि भइरहन्थ्यो।
यस कारणले पनि नारायण गोपाल भीम विरागको निकटता बढ्दै गयो। त्यही समय नारायण गोपालले भीम विरागको शब्द र सङ्गीतमा गीत गाउनुभयो। त्यसपछि भीम विरागको शब्द र सङ्गीतको व्यापक चर्चा भयो। भीम विराग आफै पनि कुशल गायक हुन्।
भीम विरागको शब्द सङ्गीतमा प्रकाश श्रेष्ठ र मिराले गाएको त्यो गीत पनि धेरै लोकप्रिय थियो। गायक प्रेमध्वज प्रधानले जीवनमा धेरै आधुनिक गीत गाए। तर एउटै गजल गाएका छन्। गजलका रचनाकार र सङ्गीतकार भीम विराग हुन्।
कुनै समय त्यो घनिष्ठ मित्रको बीच एक ठूलो झगडासम्म भएको थियो। गायक प्रसाद श्रेष्ठ अर्थात् रामप्रसाद श्रेष्ठ त्यो स्थानमा नभएको भए हात हालाहाल हुने स्थितिसम्म आइसकेको थियो। गायकप्रसाद श्रेष्ठको सम्झना अनुसार भीम विरागको शब्द र सङ्गीतमा विके शाही, महेशराज ठाकुर, सुशीला मानन्धर, प्रकाश श्रेष्ठ, नारायण गोपाल जस्ता गायक गायिका धेरैले गीत गाएका छन्। भीम विरागले उनका गीतहरू अरू कलाकारले गाए जस्तो आफैले मञ्चमा गाउँदा त्यसको शैली कुनै एउटा गजल गाए जस्तो कविता पढे जस्तो उपस्थिति हुन्थ्यो।
उहाँको जीवनको केही महत्त्वपूर्ण गीतमध्ये (आज भोलि हरेक साँझ मातिन थालेछ कसरी म भुले…) नारायण गोपालले गाएर लोकप्रिय बनाए। यो गीत नारायण गोपालको गीति यात्रा एल्बमको तयारीमा गीति यात्रा भाग दुईको निम्ति राखिएको गीत थियो।
भीम विराग गीतकार, सङ्गीतकार, गायक, महाकाव्य रचनाकारका स्रष्टा हुन्। त्यसपछि उनी नारायणी अञ्चलमा रहेर साङ्गीतिक समूह स्थापना गरेर युवा पुस्तालाई सङ्गीतको प्रशिक्षण, सङ्गीतको साहचार्य दिने कुशल सङ्गीतकार तथा सङ्गीतका गुरु हुन्। उहाँले धेरै गायक तथा गायिकालाई संगीतमा ल्याए। वीरगन्ज र हेटौंडा आवतजावत गरिरहने भीम विरागको नाममा अहिले हेटौंडामा बिजुली माया वन श्रेष्ठ पुरस्कार भीम विराग सङ्गीत प्रतिष्ठानले स्थापना गरेको छ। समाजसेवी उद्योगपति कनैया कृष्ण श्रेष्ठको सक्रियतामा स्थापित कनैया कृष्णका आमा बिजुली बिजुली माया वन श्रेष्ठको नाममा स्थापित सबै भन्दा ठूलो धन राशिको यो साङ्गीतिक पुरस्कार भीम विराग सङ्गीत प्रतिष्ठानबाट भीम विरागको जन्म जयन्तीका दिन प्रधान गरिन्छ। यो पुरस्कार अम्बर गुरुङ, प्रेमध्वज प्रधान फत्यमान राजभण्डारी, शान्ति ठटाल, दावा ग्याल्वो, कर्म योञ्जन, दीपक जङगम, किरण प्रधान आदिलाई प्रधान गरिएको हो।
गीत, सङ्गीत, साहित्यमा समर्पित सबै स्रष्टालाई समेटेर दिइने पुरस्कार सबै भन्दा ठूलो धन राशिको पुरस्कार भीम विरागको जीवनकालमा नै स्थापित भएको थियो। पहिलो पाउने व्यक्ति अम्बर गुरुङ हुन्। कलाकार, सङ्गीतकारलाई पुरस्कार दिएर त्यसप्रति प्रेरित राख्ने भीम विरागले छिन्नलता गीत पुरस्कार गुठीबाट सङ्गीतकारको रूपमा उनले नै पहिलो पटक पुरस्कार पाएका थिए।
त्यो पुरस्कार पाएपछि नारायण गोपालले फोन गरेर बधाई दिएका थिए। त्यसपछि अर्को साल नै त्यही पुरस्कार नारायण गोपालले पाएका थिए। भीम विरागले व्यक्त गरेको पंक्ति धेरै चर्चित भएको थियो, ‘म गीत सङ्गीतको लागि जन्मिएको हुँ, गीत सङ्गीतको लागि मर्न चाहन्छु।’ जुन बेला नारायण गोपालले (आज बोले हरेक साँझ) रेकर्ड गरेका थिए। काठमाडौंको स्टुडियोमा त्यो रेकर्ड गरेपछि गाडीमा सुन्दैसुन्दै थाहा नै नपाउने गरी नारायण गोपाल त्यही रात १ बजे भीम विरागलाई भेट्न हेटौंडा पुगेँ। उनले राप्तीको किनारमा बसेर भीम विरागलाई भीम विरागको शब्द सङ्गीतको त्यो गीत सुनाएका थिए। यो घटना नारायण गोपालको जीवनको ऐतिहासिक घटना मानिन्छ।
नारायण गोपालसँग सम्बन्धित धेरै पुस्तकमध्ये नारायण गोपाललाई केन्द्र बिन्दुमा राखेर लेखेको पहिलो पुस्तक पनि भीम विरागले लेखेका थिए। ‘स्वर सम्राटको सम्झनामा’ यसलाई ललितपुरस्थित जगदम्बा प्रकाशनबाट प्रकाशन गरेको थियो। सायद आफ्नो सहकर्मीमाथि लेखिएको यो तथा एक गायकका माथि लेखिएको अर्को संगीतकारले लेखेको महत्वपूर्ण पुस्तक नेपाली सङ्गीत जगतको पहिलो कृति हुनुपर्छ। भीम विरागप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया