आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्? « Khabarhub

आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्?


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खान आजकल चर्चामा छन्, जसको कारण फिल्म नभई उनको व्यक्तिगत जीवन हो।

हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग उनी देखिएका थिए। दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तहल्का मच्चाएको छ।

ट्विटरमा केआरकेले आमिरले आफ्नी सह-कलाकार फातिमासँग विवाह गर्ने नयाँ दाबी गरेका थिए। उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूज : आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन्। आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’उनको दाबी सही भए आमिरको तेस्रो विवाह हुनेछ।

वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि आमिर खान र फातिमा सनालाई जोडीको रुपमा हेरिएको थियो। यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो। यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन्। यो भिडियो हेरेपछि फ्यानहरु उत्साहित भएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १० : ५५ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत