काठमाडौँ महानगरका सबै वडामा सरसफाइ « Khabarhub

काठमाडौँ महानगरका सबै वडामा सरसफाइ


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ। वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा सरसफाइ गरेको छ।

त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिषर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिषर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय-भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त) मा सरसफाइ गरिने छ।

‘विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ। विसं २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो।

 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १२ : १८ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्