सलमान खानको सुरक्षाकर्मीबाट विक्की कौशल माथि ‘असहज’ व्यवहार « Khabarhub

सलमान खानको सुरक्षाकर्मीबाट विक्की कौशल माथि ‘असहज’ व्यवहार


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ। यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन्। यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ।

यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात् सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ। वास्तवमा आइफा अवार्ड्स नाइटसँग सम्बन्धित एउटा भिडियो सोसल मिडियामा आएको छ। जसमा सलमान खानको सेक्युरिटीले विक्की कौशललाई साइडलाइन गरेको देखिन्छ।

केही समययता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ। यस्तो अवस्थामा उनीहरुको सुरक्षा निकै बढाइएको छ। जो हर समय भाइजानको साथमा रहन्छ। भाइरल भिडियोमा विक्की कौशल आफ्ना फ्यानसँग सेल्फी खिचिरहेका छन्। त्यतिबेला सलमान खान आफ्नो पूर्ण सुरक्षाका साथ भित्रिन्छन्।

विक्की कौशलले सुरक्षामा घेरिएका भाइजानसँग कुरा गर्ने र हात मिलाउने प्रयास गर्छन्। तर, सलमानको सुरक्षा गार्डले कट्रिना कैफका पतिलाई बेवास्ता गर्छन्।

अहिले सामाजिक सञ्जालमा विक्की कौशल र सलमान खानका फ्यानहरूले यो भिडियोमा कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन्। विक्की कौशल सलमान खानको सबैभन्दा मिल्ने साथी कट्रिना कैफका पति हुन्।

सलमान खान र कट्रिना कैफ फिल्म टाइगर ३ मा फेरि एकसाथ देखिने भएका छन्। यो चलचित्रको छायांकन अहिले धमाधम भैरहेको छ। अर्कोतर्फ, विक्की कौशल चाँडै नै अभिनेत्री सारा अली खानसँग फिल्म जरा हटके जरा बचकेमा देखिँदै छन्।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १ : ०४ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको