सलमान खानको सुरक्षाकर्मीबाट विक्की कौशल माथि ‘असहज’ व्यवहार « Khabarhub

सलमान खानको सुरक्षाकर्मीबाट विक्की कौशल माथि ‘असहज’ व्यवहार


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ। यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन्। यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ।

यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात् सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ। वास्तवमा आइफा अवार्ड्स नाइटसँग सम्बन्धित एउटा भिडियो सोसल मिडियामा आएको छ। जसमा सलमान खानको सेक्युरिटीले विक्की कौशललाई साइडलाइन गरेको देखिन्छ।

केही समययता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ। यस्तो अवस्थामा उनीहरुको सुरक्षा निकै बढाइएको छ। जो हर समय भाइजानको साथमा रहन्छ। भाइरल भिडियोमा विक्की कौशल आफ्ना फ्यानसँग सेल्फी खिचिरहेका छन्। त्यतिबेला सलमान खान आफ्नो पूर्ण सुरक्षाका साथ भित्रिन्छन्।

विक्की कौशलले सुरक्षामा घेरिएका भाइजानसँग कुरा गर्ने र हात मिलाउने प्रयास गर्छन्। तर, सलमानको सुरक्षा गार्डले कट्रिना कैफका पतिलाई बेवास्ता गर्छन्।

अहिले सामाजिक सञ्जालमा विक्की कौशल र सलमान खानका फ्यानहरूले यो भिडियोमा कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन्। विक्की कौशल सलमान खानको सबैभन्दा मिल्ने साथी कट्रिना कैफका पति हुन्।

सलमान खान र कट्रिना कैफ फिल्म टाइगर ३ मा फेरि एकसाथ देखिने भएका छन्। यो चलचित्रको छायांकन अहिले धमाधम भैरहेको छ। अर्कोतर्फ, विक्की कौशल चाँडै नै अभिनेत्री सारा अली खानसँग फिल्म जरा हटके जरा बचकेमा देखिँदै छन्।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १ : ०४ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर