सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र मछिन्द्रको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र मछिन्द्रको बराबरी


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् । 

शनिबार ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्ध शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।

बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको २३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा आवास लामिछाने गोल गर्दै एपीएफलाई २-० को जित दिलाए । जितसंगै एपीएफले २२ खेलमा २९ अंक जोडेको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडको छ । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ५ : ४० बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा