तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून « Khabarhub

तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ सङ्कलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताउनुभयो । केसीका अनुसार वैशाखसम्मको लक्ष्य रु तीन अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो ।

हालसम्म ६६ दशमलव ६६ प्रतिशत प्रगति भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उहाँको भनाइ छ । तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ९ : ४३ बजे

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,