गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव « Khabarhub

गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।

शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।

अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूर्ण रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रेडक्रसले अपिल गरेको छ ।

कार्यक्रमबाहेक पनि व्यक्तिगतरूपमा रक्तदान गर्न इच्छुक रक्तदाताले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्त सञ्चार एकाइमा गई रक्तदान गर्न सकिने रेडक्रसले जनाइएको छ ।
प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको भन्दै उहाँले ठूलो मात्रामा रगतको अभाव भएको बताए ।

हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । यहाँका अस्पतालमा देशैभरि र भारतीय सीमावर्ती क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी अधिकांश यहीँको अस्पतालमा उपचार गराउँछन् ।

क्यान्सर, प्रसूति, दुर्घटना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धेरै रगतको माग हुने गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १० : ३३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा