सुदूरपश्चिम प्रदेशसभामा बजेट अधिवेशन सुरु « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा बजेट अधिवेशन सुरु


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ ।

बैठकको प्रारम्भमा दिइएको विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामीले प्रदेशलाई नमूना प्रदेश बनाउन यसका आधार खोजेर सामूहिकरूपमा अघि बढ्नुपर्ने बताए। देवभूमिको रूपमा चिनिने सुदूरपश्चिम प्रदेशका तीर्थस्थललाई उजार गर्न सकिएमा धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिमा योगदान पुग्ने उनले बताए ।

सत्तापक्ष नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओलीले विगतको पाँच वर्षमा प्रदेश सरकार र प्रदेशसभाले गरेका कामको स्वामित्व ग्रहण गर्दै थप विकासका आधार तय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । प्रदेशको विकासका लागि स्पष्ट दृष्टिकोणसहितको कार्यक्रम र योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट अधिवेशनले नागरिकलाई प्रदेशको विकास समृद्धि र सुखी नेपाली बनाउन अनुभूति दिलाउन सार्थक हुने विश्वास व्यक्त गरे । उनले सङ्घीयता, लोकतन्त्र र समावेशी व्यवस्थालाई खल्बल्याउन देशी विदेशी शक्तिले षड्यन्त्र गरिरहेको र प्रदेशको औचित्यमाथि प्रश्न उठाउने गरिएकोले संसद्को भूमिकालाई थप प्रखर बनाउन सक्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १० : ५२ बजे

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,