कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान « Khabarhub

कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।

नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर क्षेत्रको सर्भेको कार्य गरी जोखियुक्त क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताए ।

उनले नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको बताए । उनले भने, ‘अति प्रभावित क्षेत्रमा नदी नियन्त्रणका लागि भरपर्दो तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ, नदी नियन्त्रणका लागि तटबन्धलगायतका संरचना निर्माणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ ।’

उनका अनुसार नदी नियन्त्रण संरचना निर्माणका लागि एक करोड ८८ लाख २७ हजार एक सय ५७ प्रतिकिलोमिटर लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिकाका १२ वटै वडामा बाढी र वर्षात् पानीको सुरक्षित निकासको भरपर्दो व्यवस्था हालसम्म हुनसकेको छैन । 

परियोजनाअन्तर्गत डुबान पर्ने ५२ क्षेत्रको सर्भेको कार्य गरिएको छ । डुबान पर्ने क्षेत्रको पानी सुरक्षित तरिकाले निकास गर्नका लागि नजिकको खोलासँग नाला निर्माण गरी जोड्न सकिने योजना अघि सारिएको छ । जसको लागत अनुमान नौ करोड ७२ लाख एक हजार तीन सय ४७ रहेको छ ।

शाखा प्रमुख धामीका अनुसार नगरपालिकाले बहुवर्षे नगर गौरवका योजनाअन्तर्गत नगर चक्रपथ, नगरस्तरीय कभर्डहल र लक्ष्मीपुर खानेपानी आयोजना निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको छ । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ०१ बजे

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल