जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते « Khabarhub

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कनकसुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मृत्यु भएको उनको भनाइ छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।

 प्रहरीका अनुसार घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १ : ३४ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना