कोशीमा सवारी दुर्घटनाबाट ३८८ जनाको मृत्यु | Khabarhub Khabarhub

कोशीमा सवारी दुर्घटनाबाट ३८८ जनाको मृत्यु


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् ।  

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७  सवारी साधन दुर्घटनामा परेका थिए । गत वर्ष सोही अवधिमा तीन हजार पाँच सय ९६ सवारी साधन दुर्घटना हुँदा चार सय ९७ जनाले ज्यान गुमाएका थिए । 

दुर्घटनामा सात सय ३१ जना गम्भीर र चार हजार पाँच सय १५ जना सामान्य घाइते भएका दाहालले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेतनामूलक २४ हजार पाँच सय ५१ कार्यक्रम गरिएका छन् । सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जथाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो । 

ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले रु १८ करोड ५४ लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रदेशका १४ जिल्लामा दुई लाख ७७ हजार तीन सय ७१ सवारी साधनका चालकलाई कारबाही गरिएको प्रवक्ता दाहालले बताए। 

गत वर्षको सोही अवधिमा १६ करोड ७२ लाख राजस्व संकलन भएको थियो । प्रदेशभरिका जिल्लामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने सात हजार छ सय ९२ जनालाई कारबाही गरिएको तथ्यांक छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  २ : ३४ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा