बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती | Khabarhub Khabarhub

बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबिसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाए । 

कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अङ्गुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । 

वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्याण्डबाट विरुवा ल्याइ व्यावसायिक अङ्गुर खेती सुरु गरिएको ‘भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालक समेत रहेका कार्कीले बताए । ‘हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यसवर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो भइरहेको छ’,  कार्की  भने । 

कार्कीले धादिङको थाक्रे गाउँपालिका–१० जुङे खोला केवलपुरमा पनि विगत १५ वर्षयता एक सय ५० रोपनी क्षेत्रफलमा अङ्गुर खेती गर्दै आएका छन् । वाइनका लागि थप अङ्गुर आवश्यक भएपछि तनहुँको बाह्रबीसेमा दुई वर्षयता ७० रोपनी बाँझो जमिनमा अङ्गुर खेती सुरु गरिएको उनको भनाइ छ । 

कार्कीका अनुसार हाल विभिन्न ३२ प्रजातिका अङ्गुर खेती गरिए पनि केही प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिइरहेका छन् । ‘स्वीट्जरल्याण्डबाट रु सातसयदेखि रु एक हजारसम्म खर्चेर ३२ प्रजातिका बिरुवा ल्याएका थियौँ, यद्यपि हाल आठदेखि दश प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएका छन्’, उनले भने । 

बिरुवा लगाएको पहिलो वर्षमा नै अङ्गुरले फल दिन सुरु गरेको उनको भनाइ छ । उनका अनुसार धादिङको फार्ममा रु ३८ करोड ५० लाख र तनहुँमा एक करोड ५० लाख गरी रु ४० करोड लगानी भइसकेको छ । 

‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता छ, यसले पनि अङ्गुर खेतीलाई प्रोत्साहन गरेको छ’, उनले भने, ‘वाइनको माग राम्रो भएकाले अङ्गुर उत्पादन खपतको चिन्ता छैन ।’ उनका अनुसार कम्पनीले ७५० एमएलको बोतल तीन प्रकारका वाइन उत्पादन भइरहेको छ । जसलाई बजारमा प्रतिबोतल रु एक हजार दुई सयमा बिक्री गरिरहेको कार्कीको भनाइ छ ।

कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका प्रकारको अङ्गुर उत्पादन भइरहेको छ ।

‘विरुवा रोपेको एक वर्षमै फल दिन सुरु भइसकेको छ, पहिलो वर्ष प्रतिबोट तीनदेखि चार केजीसम्म अङ्गुर उत्पादन हुने अनुमान छ’, फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले भने, ‘अङ्गुरको बोटमा चैत-वैशाखमा फूल फुल्छ भने त्यसपछि तीनमहिनामा फल टिप्ने खालको हुन्छ ।’ । फागुनदेखि फूल खेल्ने र असारको पहिलो सातासम्म फल टिप्न सकिने तामाङको भनाइ छ ।

फार्ममा दैनिक ज्यालादारीमा मासिक १२ देखि १५ जनाले स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विशेष गरी फार्ममा घाँस कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय कामबाट स्थानीय रोजगारी पाएको र राम्रो आम्दानीको स्रोत समेत बनेको तामाङको भनाइ छ ।

नेपालमा अङ्गुर खेती सफल हुँदैन भन्ने भ्रमलाई चिर्न आफूहरू सफल भएको सञ्चालक कार्कीको भनाइ छ । प्राविधिकको अध्ययनपश्चात नै यहाँ अङ्गुर खेती सुरु गरिएको उनले जानकारी दिए । 

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षक अन्तर्गत १२ वटा फार्ममा पर्न सफल भइ रु ५५ लाख अनुदान समेत प्राप्त भइसकेको कार्कीले सुनाए  । 

घिरिङको माटोमा अङ्गुर उत्पादन राम्रो हुने भएपछि यहाँका किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए। ‘यहाँको मौसम र माटोले अङ्गुर खेती उपयुक्त मानिएको छ’, उनले भने ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ०९ बजे

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा

विद्युतीय सामाग्री र ब्रेक सुमा ल्याइएको ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री

प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि

लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने माधव नेपालको चाहना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको