जुम्लाका स्थानीय तहले ल्याए २०८०-८१ का लागि बजेट « Khabarhub

जुम्लाका स्थानीय तहले ल्याए २०८०-८१ का लागि बजेट


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएका छन् । ती सबै पालिकाले अर्गानिक रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारसम्मका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन् ।  

सिञ्जा गाउँपालिकाले आव २०८०-८१ का लागि ३७ करोड ३९ लाखको बजेट ल्याएको छ । बाह्रौँ गाउँसभामा  वडाध्यक्ष शुरबहादुर रावलले उक्त बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरेको हो । 

यस्तै तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि ४४ करोड ९३ लाखको बजेट ल्याएको छ ।  उपाध्यक्ष गोरीकला बुढाका अुसार कृषि, पशु विकास, लघुउद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत् र सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि रु ५५ करोड ११ लाखको बजेट ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन् । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको छ । 

यसैगरी हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए। यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : २४ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा