आज असार १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता
चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ ।
छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।
मङ्गलबार बिहान १०:३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।
जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’ मा राख्ने
जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ ।
यस वर्षको शुरुमा सियोलले जापानलाई आफ्नो व्यापारमा पुनःस्थापना गर्ने यो कदमले छिमेकीहरूबीचको सम्बन्धलाई थप न्यानो पार्ने प्रयासको पछिल्लो कदमको रूपमा लिएको छ । दक्षिण कोरियासँगको व्यापारले जुलाई २१ देखि फास्ट ट्र्याक स्वीकृति प्रक्रियाको उपयोग गर्न सक्ने टोकियोको व्यापार मन्त्रालयले जनाएको छ । सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रूर कब्जाको तीतो सम्झनाका कारण दुई अमेरिकी सहयोगीहरूबीचको सम्बन्ध लामो समयदेखि चिसिएको छ।
सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी फर्महरूलाई जबरजस्ती श्रमका युद्धका पीडितहरूलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो । जसको कारण जस्तालाई त्यस्तै आर्थिक नीति लिएको थियो । तर गत वर्ष दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सत्तामा आएदेखि उनले उत्तर कोरियाको उक्त धम्कीलाई मध्यनजर गर्दै जापानसँगको सम्बन्धलाई द्रुत गतिमा सुदृढ पार्ने काम गर्दे आएका छन् ।
मार्चमा युनले टोकियोबाट प्रत्यक्ष संलग्नताबिना पीडितहरूलाई क्षतिपूर्ति दिने योजनाको शुरु गर्नु भएको थियो जुन घरेलु रूपमा अलोकप्रिय थियो तर जापानसँगको सम्बन्ध सुधार गर्न भने यसले मद्दत गरेको थियो । त्यसबेलादेखि युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले अप्रिलमा युनसँग टोकियो र गत महिना किशिदाले सियोलको यात्रा गर्दै नियमित उच्चस्तरीय वार्ता पुनः शुरु गर्दै सम्बन्धलाई सुमधुर बनाउँने दिशामा अगाडि बढेका छन् ।
जापानले पनि यस वर्ष दक्षिण कोरियाको लागि निर्धारित अर्धचालकहरूको लागि आवश्यक सामग्री निर्यातमा लिएको नियन्त्रणात्मक नीति हटाएको छ । त्यसैगरी सियोलले पनि जापान विरुद्ध डब्ल्युटीओमा गर्दै आएको गुनासो अन्त्य गरेको र सैन्य खुफिया-साझेदारी सम्झौतालाई सामान्य बनाउन अगाडि सरेको छ।
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ ।
भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मंगलबार यसबारे सूचना सार्वजनिक गरेको छ ।
बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।
बेलारुसका शक्तिशाली नेताद्वारा सेनालाई तम्तयार रहन आग्रह
बेलारुसी शक्तिशाली नेता अलेक्ज्याण्डर लुकाशेन्कोले मङ्गलबार आफ्ना सेनालाई ‘तम्तयार’ हुन आदेश दिएका छन् ।
वाग्नर विद्रोही लडाकु प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा छिमेकी रूसमा विद्रोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो सेनालाई ‘तयार’ हुन आदेश दिएका हुन् ।
‘मैले सेनालाई पूर्ण तयारीमा रहन आदेश दिएको छु,’ लुकासेन्कोले भने ।
युगान्डालीले फ्रान्समा क्षतिपूर्तिको लागि मुद्दा हाल्ने
छब्बीस जना युगान्डालीले मङ्गलबार फ्रान्सेली तेल कम्पनी टोटल एनर्जी विरुद्ध पेरिसमा कानुनी कारबाही थालेका छन् ।
मेगाप्रोजेक्टमा मानवअधिकार उल्लङ्घनको आरोपमा मुद्दा हाल्न लागिएको हो ।
पाँच युगान्डाली र फ्रान्सेली सहायता समूहद्वारा सामेल भएको सो विषयमा प्रभावित समुदायका मानिसले तेल कम्पनीले गरेको ‘गम्भीर हानि’ को लागि, विशेष गरी भूमि र खाद्य अधिकारका लागि उनीहरूले ‘क्षतिपूर्ति’ माग गरेका छन्
रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो
रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, “हामीले रुसी सङ्घले मनमानी ढंगले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।”
वाग्नर समूहलाई पुटिनको प्रस्ताव : ‘कि सेनामा भर्ती होउ, कि घर जाउ’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सो समूहलाई कि रुसी सेनामा भर्ना हुनुपर्ने कि त घर फर्किनु पर्ने प्रस्ताव राखेका छन् ।
पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका छन् । रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, ‘जसले देश र जनतालाई धोका दिन सक्दैनन् ।’
पुटिनले भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जो यस अघि काँधमा काँध मिलाएर लडेका थिए ।’
अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन् । प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन ।
एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध रहेको बताएका छन् । उनले रुसी सेनाद्वारा वाग्नर समूहमाथि गरिएको अन्यायविरुद्ध लड्न आन्दोलन सुरु गरेको बताएका छन् ।
पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित
पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ ।
सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठह¥याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मंगलबार बताएका छन् ।
सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । सर्वोच्च अदालतले उहाँलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए । त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहनुभएको बताइने गरेको छ ।
उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए भने पीएमएल–एनको औपचारिक नेतृत्व पनि उनले नै गर्दै आएका छन् । पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ । पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठहर्याउन सक्ने व्यवस्था गरेको उल्लेख मंगलबार सरकारका एक प्रवक्ताले भने ।
राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको उनले बताए। राजनीतिक विश्लेषक हसन अस्करीले एएफपीसँग भने ,’सत्तारुढ पीएमएल–एन र यसको गठबन्धन साझेदारहरू नवाज सरिफलाई फिर्ता ल्याउन चाहन्छन् । यो उद्देश्य प्राप्तिका लागि विधेयक पारित गरिएको हो ।’
उनले भने, ‘नवाज सरिफ आगामी निर्वाचनमा पीएमएल–एनका लागि मुख्य प्रचारक हुनुहुनेछ । उनको पुनरागमनले राजनीतिक रूपमा पार्टीलाई निकै फाइदा पुग्नेछ, तर उहाँ आफैं चुनाव लड्ने कि नलड्ने भन्ने स्पष्ट छैन ।’ सरिफले अझै पनि भ्रष्टाचारको मुद्दाको सामना गरिरहेका छन्। सरिफका उत्तराधिकारी इमरान खानको कार्यकालमा उनलाई सजाय सुनाइएको थियो । यो निर्णय देशलाई ऐतिहासिक रूपमा पिरोलिरहेको भ्रष्टाचारलाई सुधार्ने वाचासहित गरिएको थियो । तर पाकिस्तानमा विपक्षी नेताहरूलाई पेचिलो बनाउने कानुनी मुद्दाहरू आफ्नो पार्टीले पुनः सत्तामा आएपछि नियमित रूपमा फिर्ता लिने गरेका छन् ।
शहबाजले गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत खानलाई सत्ताच्यूत गरेका थिए । यद्यपि, उनी दलहरूको अस्थिर गठबन्धनको प्रमुखमा छन् । खान मतदानको ‘काउन्टडाउन’मा निकै लोकप्रिय छन् ।
खानले मध्यावधि चुनावको माग गर्दै आएका छन्, तर उहाँको अभियान दर्जनौं कानुनी मामिलामा अल्झिएको छ । गत महिना इस्लामाबादमा भ्रष्टाचारको आरोपमा उनलाई केही समयका लागि पक्राउ गरिएको थियो, जसका कारण उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।
तीन दिन हिरासतमा बसी रिहा भएपछि पीटीआईलाई हजारौं नेता कार्यकर्ता पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।
खानले आफ्नो पार्टीलाई पीएमएल–एन नेतृत्वको सरकार र शक्तिशाली सैन्य प्रतिष्ठानले दमन गरिरहेको आरोप लगाएका छ ।
प्रतिक्रिया