अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ « Khabarhub

अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताए।

रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल वेबसाइट’ मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गरेका छन् । अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैध रूपमा’ अडियो बनाइ अफवाह फैलाउन खोजेको बताए । यो अवैध षडयन्त्र भएको उनले दाबी गरे ।

उनले उक्त श्रव्य सामग्री ‘वास्तवमा आफ्ना विपक्षीहरूले आफुहरूमाथिका आलोचनालाई बिषयान्तर गर्न रचेको प्रपञ्च’ बाहेक केही नभएको दाबी गरेका छन् ।

यो निरन्तरको ‘विच हन्ट’ व्यक्तिलाई गलाउने झुटा आरोप जस्तै अर्को बनावटी आरोप भएको र यसलाई उनले विपक्षीहरूले चुनावी हस्तक्षेपका लागी सिर्जना गरेको हतियार भएको बताए ।

“विच हन्ट गर्ने उनीहरू ठग हुन्,” पूर्व राष्ट्रपति ट्रम्पले लेखेका छन् ।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै