मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट « Khabarhub

मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्री मोदीसँग राजदूत टियोङ्गले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।

सो अवसरमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको सचिवालले जनाएको छ । जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै बहुपक्षीय कोरिया नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री मोदीले भने, “यस सम्बन्धलाई अझ प्रगाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र कोरियाका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।”

सो अवसरमा राजदूत टियोङ्गले भन्नुभयो, “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ ।” उनले यही असार २० गतेदेखि मन्त्री मोदीबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै