प्रधानसेनापति शर्मा र उपमहासचिवबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा र उपमहासचिवबीच शिष्टाचार भेट


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पीय ल्याक्ख्वाबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा उनीहरूबीच दुई पक्षीय चासो र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्ख्वालाई उपरथी योगराज शर्मा र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत अभिवादन गरेका थिए ।

प्रधानसेनापति शर्मासँग नेपालका लागि म्यानमारका गैरआवासीय सैनिक सहचारी सहायकरथी ये टुट्ले आजै शिष्टाचार भेटघाट गरेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ५७ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई