महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी « Khabarhub

महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्स बराबरीमा रोकिएका छन् ।

न्युजिल्याण्डको विलिङटनमा आज भएको समूह ‘इ’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

नेदरल्यान्ड्सका लागि जिल रुर्ड र अमेकिाका लागि कप्तान लिन्ड्स होरानले एक–एक गोल गरेका थिए ।

यो बराबरीसँगै अमेरिका समूह ‘इ’ को शीर्ष स्थानमा यथावत छ । अमेरिका र नेदरल्यान्ड्स दुवैको समान चार अंक भएको छ । दुवैको नकआउट सम्भावना बलियो भएको हो । पहिलो खेलमा अमेरिकाले भियतनामलाई र नेदरल्यान्ड्सले पोर्चुगललाई हराएका थिए ।

यस्तै, आज यही समूहको पोर्चुगल र भियतनाम आमने सामने हुने छन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरुहुने छ ।

यसैगरी आजै अपरान्ह पौने ४ बजे घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्ने छन् । समूह बीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नाइजेरियाल तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ५० बजे

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं