फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने | Khabarhub Khabarhub

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशियाली फूटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ छनोटको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ।

पहिरो राउन्डमा ‘होम एन अवे’का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ।

प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ मा नेपालले लाओसलाई २–१ गोलले हराएर उपाधि जितेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २–० गोलले हराएको थियो ।

एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् । विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । 

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाइने छ ।

अहिले नेपाल फिफा वरियतामा १७५औँ स्थानमा छ। नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औँ स्थानमा छ। यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। 

यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १ : ३० बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो