फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने « Khabarhub

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशियाली फूटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ छनोटको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ।

पहिरो राउन्डमा ‘होम एन अवे’का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ।

प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ मा नेपालले लाओसलाई २–१ गोलले हराएर उपाधि जितेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २–० गोलले हराएको थियो ।

एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् । विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । 

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाइने छ ।

अहिले नेपाल फिफा वरियतामा १७५औँ स्थानमा छ। नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औँ स्थानमा छ। यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। 

यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १ : ३० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित