फिदिम बोलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो « Khabarhub

फिदिम बोलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पाँचथर– मंगलबार पाँचथरको फिदिममा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि बिर्तामोड लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

 झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मङ्गलबार दिउँसो १२: १५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो । चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो । 

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो । बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये एक जना पाँच वर्षीया बालिका पनि समेत छिन्

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  २ : ४० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा