सेयर बजारमा २९.७१ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २९.७१ अंकको गिरावट


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन । 

केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक हुन नसकेको सामाजिक सञ्जालहरूमा लगानीकर्ताले आरोप लगाइरहेका छन् । यस्तै, मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको उनीहरूको आरोप छ । सोही बोलीका कारण लगानीकर्ताको मनोबल गिरेको सञ्जालहरूमा आरोप लगाइएको छ । 

यस दिन २७१ कम्पनीको ६२ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ३ : ४२ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि