गोकर्णेश्वरका भित्री सडकको अवस्था जीर्ण  « Khabarhub

गोकर्णेश्वरका भित्री सडकको अवस्था जीर्ण 


११ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएर नगरपालिकाका प्राविधिक कर्मचारीले ध्यान नदिँदा वर्षामा हिँड्न नसकिएको भन्दै राजधानीवासीले गुनासो गर्न थालेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ नयाँ पाटी पुलमाथिको कारखानाबाट वाग्मती नदीहुँदै  निस्कनेलगायत नगर क्षेत्रका भित्री सडकको अवस्था जीर्ण रहेको भन्दै नगरवासीले दुःखेसो पाखेका हुन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को यो सडकमा अहिले पानी जमेर पैदल हिँड्न नसकिने अवस्थामा पुगेको स्थानीयवासी सरस्वती खड्काको गुनासो थियो । यो सडकका नाममा नगरपालिकाको पाँच आर्थिक वर्षसम्म लाखौँ रकम विनियोजन गर्दै आए पनि काम भने उपभोक्ता समितिलाई दिँदा गुणस्तरीय हुनसकेको छैन । उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो । यसतर्फ सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताइन्। 

सो विषयमा नगरप्रमुख दीपककुमार रिसालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। उपभोक्ता समितिले आयोजनाको सूचना पार्टीसमेत नराखी अपारदर्शी रुपमा काम गर्ने गरेको स्थानीयवासीको भनाइ थियो । स्थानीयवासीको सरोकारका यी समस्या बुझेर  नगरपालिकाले काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्ये सडक हुने भएकाले  पीडित हुनुपरेको स्थानीयवासी पार्वती पुडासैनीले बताइन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ५ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको