गोकर्णेश्वरका भित्री सडकको अवस्था जीर्ण  « Khabarhub

गोकर्णेश्वरका भित्री सडकको अवस्था जीर्ण 


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएर नगरपालिकाका प्राविधिक कर्मचारीले ध्यान नदिँदा वर्षामा हिँड्न नसकिएको भन्दै राजधानीवासीले गुनासो गर्न थालेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ नयाँ पाटी पुलमाथिको कारखानाबाट वाग्मती नदीहुँदै  निस्कनेलगायत नगर क्षेत्रका भित्री सडकको अवस्था जीर्ण रहेको भन्दै नगरवासीले दुःखेसो पाखेका हुन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को यो सडकमा अहिले पानी जमेर पैदल हिँड्न नसकिने अवस्थामा पुगेको स्थानीयवासी सरस्वती खड्काको गुनासो थियो । यो सडकका नाममा नगरपालिकाको पाँच आर्थिक वर्षसम्म लाखौँ रकम विनियोजन गर्दै आए पनि काम भने उपभोक्ता समितिलाई दिँदा गुणस्तरीय हुनसकेको छैन । उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो । यसतर्फ सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताइन्। 

सो विषयमा नगरप्रमुख दीपककुमार रिसालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। उपभोक्ता समितिले आयोजनाको सूचना पार्टीसमेत नराखी अपारदर्शी रुपमा काम गर्ने गरेको स्थानीयवासीको भनाइ थियो । स्थानीयवासीको सरोकारका यी समस्या बुझेर  नगरपालिकाले काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्ये सडक हुने भएकाले  पीडित हुनुपरेको स्थानीयवासी पार्वती पुडासैनीले बताइन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ५ : ५२ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट